प्रधानमन्त्री ओली रेलमार्ग हुँदै थियाजिनबाट बेइजिङ पुगे
काठमाडौ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनको कार्यक्रम सकाएर बेइजिङ पुगेका छन् ।
प्रधानमन्त्री ओली रेलमार्ग हुँदै थियाजिनबाट बेइजिङ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट गर्नेछन् भने उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
चीनका राष्ट्रपति सी चीनफिङसँग यसअघि नै द्विपक्षीय भेटवार्ता गरिसकेका छन् ।