बुङ्गल हाइड्रोको आईपीओ पहिलो दिन नै मागभन्दा ४.२३ गुणा बढी आवेदन

विज्ञापन
ncell

कम्पनीको आईपीओमा ६ लाख ३६ हजार ४८७ आवेदन मार्फत ७२ करोड ८ लाख ३६ हजार रुपैयाँबराबरको ७२ लाख ८ हजार ३६० कित्ता सेयर माग भएको छ । निष्काशित कित्ताका तुलनामा माग भएको कित्ता ४.२३ गुणा बढी हो ।

बुङ्गल हाइड्रो लिमिटेडले हिजो अर्थात भदौ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ पहिलो दिन नै मागभन्दा बढी आवेदन (ओभर सब्स्क्राइब) परेको छ

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्काशनमा गरेको थियो । सिडिएस एण्ड क्लिरिङ्गका अनुसार हिजो ५ बजेसम्ममा कम्पनीको आईपीओमा ६ लाख ३६ हजार ४८७ आवेदन मार्फत ७२ करोड ८ लाख ३६ हजार रुपैयाँबराबरको ७२ लाख ८ हजार ३६० कित्ता सेयर माग भएको छ । निष्काशित कित्ताका तुलनामा माग भएको कित्ता ४.२३ गुणा बढी हो । अर्थात कम्पनीको आईपीओ पहिलो दिन नै ४ गुणाभन्दा बढीले ओभर सब्स्क्राइब भइसकेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल छ । सर्वसाधारण लगानीकर्ताहरुले सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् ।