नेचुरल स्प्रिट्स नेपालले आईपीओ जारी गर्ने , बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

विज्ञापन
ncell

काठमाडौं । नेचुरल स्प्रिट्स नेपालले सार्वजनिक निस्काशन (आइपीओ विक्री) गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

कम्पनीले निष्काशन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेचुरल स्प्रिट्स नेपाल २०७१ मङ्सिर १४ गते स्थापना भएको नेपालकै छिटो वृद्धि भइरहेको मदिरा उत्पादक कम्पनी हो ।