भारित औसत मूल्य गणनामा चौतर्फी बिरोध भएपछि नेप्सेले दियो स्पष्टिकरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सेयर बजार सूचक गणना गर्ने गरेको स्पष्ट पारेको छ । नेप्से सूचकांक गणना सम्बन्धमा चाैतर्फी बिराेध भएपछि नेप्सेले विज्ञप्ति जारी गर्दै स्पष्टिकरण दिएको हो ।
‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत सेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, नेप्सेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रकाशन भएका दस्तावेजहरू
68b17a55cba2e_1756461653.docx
