सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आर्जन गर्यो २ अर्ब ११ करोड रुपैयाँ बिमाशुल्क
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद बिमाशुल्क अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७२ करोड रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्मा २ अर्ब ११ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बिमाशुल्क २२.८६ प्रतिशत बढेको हो ।
समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा भने १२।५३ प्रतिशत घटेको छ। गत अघिल्लो आर्थिक वर्ष ४६ करोड ९ करोड रुपैयाँ खुद नाफा कमाएको यस इन्स्योरेन्सले गत आर्थिक वर्ष ४० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २० पैसा घटेर १५ रुपैयाँ ३७ पैसामा झरेको छ । गत असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २३९ रुपैयाँ १२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ ।
२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५५ करोड रुपैयाँ जगेडा कोषमा २२ करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३६ करोड ६५ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड २२ लाख रुपैयाँ रहेको छ ।