सानिमा बैंकले पाटन अस्पतालमार्फत विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने
काठमाडौं । सानिमा बैंकले पाटन अस्पतालमार्फत विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । विपन्न महिलाको उपचारमा आर्थिक सहयोग गर्ने सम्वन्धी सम्झौतापत्रमा बैंक र अस्पतालबीच हस्ताक्षर गरिएको छ ।
सम्झौतापत्रअन्तर्गत आगामी १ वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। बैंकले २०७४ देखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पताल मार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ।
बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोले बापत बैंकको तर्फबाट मासिक १ रूपैयाँको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएकोे छ। सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पताल मार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ।
पाटन अस्पतालको परिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ वटा एटिएम सञ्चालनमा रहेका छन्।