सबैभन्दा धेरै पुँजी र प्रयोगकर्ता भएको देशकै ठूलो डिजिटल वालेट बन्यो ‘खल्ती बाई आईएमई’

काठमाडौं । डिजिटल वालेट सेवा दिँदै आएका दुई ठूला सेवा प्रदायक खल्ती र आईएमई पे गाभिएर बनेको नयाँ वालेट ुखल्ती वाई आईएमई’ पुँजी र प्रयोगकर्ताका आधारमा देशकै ठूलो वालेट कम्पनी बनेको छ ।


मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोड रहेको छ । यो नेपालमा सञ्चालित वालेट सेवा प्रदायकको पुँजीको तुलनामा सबैभन्दा धेरै हो । यस्तै प्रयोगकर्ताका हिसाबले समेत धेरै प्रयोगकर्ता हुने वालेट बनेको छ । मर्जरपछि यो वालेटका एक करोड २७ लाख ग्राहक पुगेका छन् । जसमा साविकको खल्तीका ७० लाख र आईएमई पेका ५७ लाख प्रयोगकर्ता रहेको बताइएको छ ।


बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनाका बीच दुई कम्पनी मर्जर (गभ्नेरगाभिने) प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरु भएको जानकारी दिइएको हो । मर्जर कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै नेपालकै ठूलो वालेट बनेको बताए ।

छुटाउनुभयो कि?