ऊर्जा क्षेत्रबाटै समाजवाद ल्याउन सकिन्छः मन्त्री खड्का
खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पु¥याउन आवश्यक छ । हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि उर्जा क्षेत्रमा आवद्ध गरेर खान नपुग्ने घरमा पनि समृद्धि पुग्ने ढंगले काम गर्नुपर्छ
१ साउन, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमार्फत समाजवादसम्मको यात्रा तय गर्नुपर्ने बताएका छन् ।
बिहीबार विद्युत विकास विभागको वार्षिकोत्सव कार्यक्रममा उर्जामन्त्री खड्काले भने, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै सम्भव छ । सबै नागरिकले सहभागी हुनसक्ने गरी ऊर्जा क्षेत्रलाई अगाडि बढाउन जरूरी छ ।’ उर्जा क्षेत्रको विकासका लागि सबै नागरिकको सहभागिता आवश्यक रहेको उर्जामन्त्री खड्काको कथन छ ।
‘खान नपुग्ने नागरिकको घरसम्म ऊर्जामार्फत समृद्धि पु¥याउन आवश्यक छ । हुनेलाई मात्र नभई नहुने नागरिकलाई पनि उर्जा क्षेत्रमा आवद्ध गरेर खान नपुग्ने घरमा पनि समृद्धि पुग्ने ढंगले काम गर्नुपर्छ’ उनले भने, ‘त्यो समाजवाद मुलुकले चाहेको विषय हो र त्यसका लागि मन्त्रालय लागि परेको कुरा लुकेको छैन।’
मन्त्री खड्काले विद्युत आयोजनाहरूका अकल्पनीय क्षतिहरू हुने गरेको भन्दै क्षति न्यूनीकरणका लागि थप काम गर्नुपर्ने आवश्यकतामा जोड दिए । ‘अझैपनि सबै घरमा विद्युत पु¥याउन नसकेको अवस्था छ । सबै घरधुरीमा विद्युत पु¥याएर सबै चुल्होमा विद्युत पु¥याउने मन छ’ खड्काले भने ।