एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सयले बढेर दुई लाख ८८ हजार ९ सयमा कारोबार भइरहेको छ ।

काठमाडौँ ।  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सयले बढेर दुई लाख ८८ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६ सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि बुधबार चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।