सुनको मूल्य बढ्यो, चाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । सोमबार प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा सात सय रूपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७५ हजार रूपैयाँमा किनबेच भइरहेको छ । सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला तीन हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार ६ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रूपैयाँ घटेको हो ।