पत्रकार धरपकडको विरोधमा रास्वपा सचेतकले भने- प्रहरी राज बन्द गर

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रहरीको कार्यशैलीको आलोचना गरेका हुन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारमाथि भएको धरपकडप्रति आपत्ति जनाएका छन् ।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समाचार कक्षमै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रहरीको कार्यशैलीको आलोचना गरेका हुन् ।

परियारले पत्रकार पक्राउ र नियन्त्रणमा लिने प्रयासलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै घटनाको भर्त्सना गरेका छन् । उनले ‘पुलिस स्टेट बन्द गर’ भन्दै राज्यको शक्तिशाली निकाय प्रहरीको व्यवहार प्रहरी राजतर्फ उन्मुख देखिएको टिप्पणी गरेका छन् ।

संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन् ।