सन नेपाल लाइफले संस्थापक शेयर हिस्सा घटाउने, सर्वसाधारणको स्वामित्व ४९ प्रतिशत पुर्याइने
कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापक शेयर स्वामित्व १९ प्रतिशत घटाई सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारणबीचको शेयर स्वामित्व संरचना परिवर्तन गर्ने निर्णय गरेको छ । कम्पनीले संस्थापकतर्फको शेयर हिस्सा ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा झार्ने तयारी गरेको हो ।
कात्तिक १२ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले संस्थापक शेयर स्वामित्व १९ प्रतिशत घटाई सर्वसाधारणतर्फको हिस्सा ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउने निर्णय गरेको छ ।
प्रस्तावित व्यवस्थाअनुसार कम्पनीमा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व क्रमशः ५१ र ४९ प्रतिशत कायम हुनेछ ।
यद्यपि, उक्त निर्णय कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणबाट आवश्यक स्वीकृति लिनुपर्नेछ । प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गरी पारित गर्ने कम्पनीको तयारी छ ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ५ अर्ब २८ करोड २७ लाख ९३ हजार रुपैयाँ रहेको छ ।