आज पनि सुन चाँदीको मूल्यमा गिरावट, प्रतितोला कतिमा हुदैछ कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ हजार १ सयले घटेर २ लाख ८८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
काठमाडौँ । बिहिबार नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको १ हजार १ सयले घटेर २ लाख ८८ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन प्रतितोला २ लाख ८९ हजार ५ सयमा रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २२० रुपैयाँले घटेर ४ हजार ३५ रुपैयाँलेमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४ हजार २५५ खरिदबिक्री भएको थियो ।