फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा

संस्थाले बोनस सेयर भने वितरण नगर्ने निर्णय गरेको छ ।

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ ।

संस्थाको सञ्चालक समितिको मंगलबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको कुल ११.०५२६ प्रतिशतले हुन आउने १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो । संस्थाले बोनस सेयर भने वितरण नगर्ने निर्णय गरेको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ ।