कात्तिकमा ३ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयर कारोबारका लागि योग्य हुनेछन् । यसले बजारमा कारोबार गर्न सकिने सेयरको संख्या बढाउने भए पनि सेयरधनीले सबै सेयर बिक्री गर्छन् भन्ने निश्चित हुँदैन ।

काठमाडौं । आगामी एक महिनाभित्र तीन कम्पनीका सेयरको लकइन अवधि समाप्त हुने भएको छ । माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र सोपान फर्मास्युटिकल्सका विभिन्न समूहका सेयर लकइनबाट मुक्त हुन लागेका हुन् ।

लकइन अवधि समाप्त भएपछि सम्बन्धित सेयर कारोबारका लागि योग्य हुनेछन् । यसले बजारमा कारोबार गर्न सकिने सेयरको संख्या बढाउने भए पनि सेयरधनीले सबै सेयर बिक्री गर्छन् भन्ने निश्चित हुँदैन ।

सार्वजनिक सूचनाअनुसार सोपान फर्मास्युटिकल्सको म्युचुअल फन्डका लागि बाँडफाँट गरिएको २ लाख १४ हजार ५०० कित्ता सेयरको लकइन अवधि कात्तिक १६ गते सकिँदैछ ।

त्यस्तै, चिरख्वा हाइड्रोपावर कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको नाममा रहेको कुल ३० लाख २० हजार ७०० कित्ता सेयरको लकइन अवधि कात्तिक १४ गते समाप्त हुनेछ ।

माथिल्लो मैलुङखोला जलविद्युत कम्पनीका संस्थापक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको सेयर पनि लकइनबाट मुक्त हुने क्रममा छ । उपलब्ध विवरणमा उक्त सेयरको संख्या ८४ हजार ९० हजार ८०० कित्ता उल्लेख छ भने लकइन अवधि कात्तिक २ गतेदेखि समाप्त हुने जनाइएको छ । लकइन अवधि सकिन लागेका सेयरबारे सम्बन्धित कम्पनीहरूले सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।