त्रिभूवन विश्वविद्यालयद्वारा ३० अर्ब ८७ करोडको बजेट पारित, बजेट अभावमा सञ्चालन खर्च जुटाउनै सास्ती
सरकारले चालु आर्थिकक वर्षको ७ अर्ब ३१ करोड रुपैपाँ त्रिभूवन विश्वविद्यालयलाई अनुदानका रुपमा दिएको छ ।
काठमाडौं । त्रिभूवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/८४ का लागि प्रश्तावित ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ ।
बिहीबार विश्वविद्यालयको सभाको साधारण बैठकले रजिस्ट्रार रविन्द्र शिवाकोटीले प्रस्तुत गर्नुभएको उक्त बजेट स्वीकृत गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशतले बढी हो । सभाको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार शिवाकोटीले आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रश्ताव गरेका थिए । सरकारले चालु आर्थिकक वर्षको ७ अर्ब ३१ करोड रुपैपाँ त्रिभूवन विश्वविद्यालयलाई अनुदानका रुपमा दिएको छ । रजिस्ट्रार शिवाकोटीले सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको कारण करिव ८ अर्ब ३१ करोड रुपैयाँ अपुग हुने बताए । रजिस्ट्रार शिवाकोटीकाअनुसार कुल प्रश्तावित बजेटबाट सञ्चालन खर्चतर्फ कुल प्रश्तावित बजेटको ८६.१४ प्रतिशत र पुँजीगत खर्चतर्फ कुल प्रश्तावित बजेटको १३.८६ प्रतिशतले हुन आउने रकम प्रक्षेपण गरिएको बताए । उनले अपुग रकम नेपाल सरकारबाट प्राप्त हुन नसकेमा अनिवार्य दायित्व शिर्षक अन्तर्गत खर्च समेत व्यहोर्न नसकिने अवस्था सरकारलाई जानकारी गराइसकेको जानकारी समेत दिए । उनले नपुग रकमको व्यवस्था मिलाइदिन त्रिविका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र साहलाई अनुरोध समेत गरे ।
विश्वविद्यालयले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्राविधिक, श्रम बजारमुखी र ज्ञान उत्पादन गर्ने कार्यक्रमको सुधार र विस्तार गर्ने नीति लिएको छ । अनुसन्धान कार्यलाई प्रभावकारी बनाउने तथा सरकारको प्राथमिकताको क्षेत्रमा अनुसन्धान केन्द्रित गर्ने गर्ने समेत जनाएको छ ।