टर्कीमा नवीकरणीय ऊर्जाको कीर्तिमानी उत्पादनः विद्युत क्षेत्रमा नयाँ युगको सुरुवात
ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयकाअनुसार जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा कुल विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ६०.३ प्रतिशत पुगेको छ, जुन सन् २००० यताकै उच्च रेकर्ड हो ।
एजेन्सी । टर्कीले सन् २०२४ को पहिलो आठ महिनामा नवीकरणीय ऊर्जाको क्षेत्रमा ऐतिहासिक सफलता हासिल गरेको छ । ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयकाअनुसार जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा कुल विद्युत उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा ६०.३ प्रतिशत पुगेको छ, जुन सन् २००० यताकै उच्च रेकर्ड हो ।
टर्कीको ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देशको हरित ऊर्जाको यात्रामा ठूलो फड्को मारेको देखाएको छ । अगस्ट महिनामा मात्रै सौर्य र वायु ऊर्जाबाट ९.९ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ, जुन हालसम्मकै उच्च मासिक रेकर्ड हो। चालू वर्षको जनवरीदेखि अगस्ट महिनासम्मको अवधिमा जलविद्युत्, वायु र सौर्य ऊर्जासहितका नवीकरणीय स्रोतहरूबाट कुल १४९.८ अर्ब किलोवाट–घण्टा विद्युत् उत्पादन भएको छ ।
यो उत्पादनले टर्कीको कुल विद्युत उत्पादन क्षमतामा हरित ऊर्जाको योगदानलाई ६०.३ प्रतिशतमा पु¥याएको हो । टर्कीका ऊर्जा तथा प्राकृतिक स्रोत मन्त्री अल्पास्लान बायरकतारले सामाजिक सञ्जालमार्फत यस उपलब्धिलाई ‘पूर्ण स्वतन्त्र ऊर्जा टर्की’ बनाउने राष्ट्रिय लक्ष्यतर्फको महच्वपूर्ण कदमका रूपमा व्याख्या गरे ।
उनले आगामी दिनमा पनि नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई तिब्रता दिँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरे । विशेषज्ञहरूकाअनुसार टर्कीले विगत केही वर्षयता जीवाश्म इन्धनमाथिको निर्भरता घटाउन सौर्य र वायु ऊर्जाका ठूला परियोजनाहरूमा लगानी बढाएको छ । पछिल्लो तथ्यांकले टर्कीको विद्युत ग्रिडमा हरित ऊर्जाको पहुँच सुरक्षित र भरपर्दो हुँदै गएको संकेत गरेको छ ।