सिक्लेस हाइड्रोपावरको लाभांश घोषणा
उक्त लाभांश विद्युत नियमन आयोग र यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज १९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश विद्युत नियमन आयोग र यस कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।