रसुवा बाढी प्रभावितलाई पद्म ज्योति ग्रुपको १ करोड सहयोग
प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालीन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । भदौ १० गतेको विनाशकारी बाढीमा परि प्रभावित बनेकाहरूको राहतका लागि पद्म ज्योति ग्रुप अन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड रुपैयाँ सहयोग गरेको छ । प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालीन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको कम्पनीले जनाएको छ ।
नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रालिले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो । ‘यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं । राहत, तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पुर्याउनु कम्पनीको उद्देश्य हो,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ ।
विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनस्र्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।
