नेप्सेमा ५.३० अंकको गिरावट हुँदा १८७ कम्पनीको सेयर मूल्य घट्यो
कारोबार रकमका आधारमा आज मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९० करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौं । सेयर बजार मंगलबार पनि घटेको छ । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३० अंकले घटेर २५९४.२७ को विन्दुमा झरेको हो । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ०.५० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ ।
नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ३ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब १० करोड ९७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सर्वोत्तम पेन्ट्सको सेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य करिब १५ प्रतिशत बढेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सर्वाधिक १०.०७ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९० करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने दुई उपसमूह बढेका छन्।
मंगलबार कारोबारमा आएका मध्य ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
