नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे ८० लाख धरौटीमा रिहा

विज्ञापन
ncell

स्मार्ट टेलिकमको धितो लिलामी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेसँग ८० लाख धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।

स्मार्ट टेलिकमको धितो लिलामी सम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो । स्मार्ट टेलिकमको अनुमतिपत्र खारेज भएपछि सरकारी स्वामित्वमा आउनुपर्ने उपकरणहरू बैंकले गैरकानुनी रूपमा लिलाम गरी एनसेललाई बेचेको आरोपमा पाण्डेसहितलाई प्रतिवादी बनाइएको थियो ।

प्रहरीको सीआईबीले यस प्रकरणमा ४ अर्ब ६० करोड बिगो कायम गर्दै ठगी, संगठित अपराध र बैंकिङ कसुरमा मुद्दा दायर गरेको थियो । यसअघि वैशाख २९ मा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।