राफसाफमा ढिलाइ गरेपछि बेनी सेक्युरिटिज तीन कारोबार दिनका लागि निलम्बित

विज्ञापन
ncell

सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले पत्र पठाएपछि कारबाही गरेको नेप्सेले जनाएको छ ।

काठमाडौं । बेनी सेक्युरिटिज नेपाल स्टक एक्सचेन्जको कारबाहीमा परेको छ । नेप्सेले कम्पनीलाई कारबाहीस्वरुप तीन कारोबार दिनका लागि निलम्बन गरेको छ । सेक्युरिटिजले तोकिएको समयभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले पत्र पठाएपछि कारबाही गरेको नेप्सेले जनाएको छ ।

ब्रोकरहरुले कारोबारको दुई दिनभित्रै सेटलमेन्ट गरिसक्नुपर्ने व्यवस्था ‍धितोपत्र कारोबार सञ्चालन विनियमावलीले गरेको छ ।