कारोबार रकम बढ्दा नेप्से सामान्य अंक घट्यो, माउन्ट एभरेष्ट र सर्वोत्तम पेन्ट्समा सकारात्मक सर्किट

विज्ञापन
ncell

पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढेको नेप्से शुक्रबार घट्दा साताभर ६.२४ अंकको गिरावट देखिएको छ । गत शुक्रबार नेप्से २६५०.०९ अंकमा थियो ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुक्रबार सामान्य अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा झरेको छ ।

पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढेको नेप्से शुक्रबार घट्दा साताभर ६.२४ अंकको गिरावट देखिएको छ । गत शुक्रबार नेप्से २६५०.०९ अंकमा थियो । शुक्रबार सेन्सेटिभ इण्डेक्स ०।१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०।४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ ।

नेप्से घटेपनि शुक्रबार कारोबार रकम भने बढेको छ । बिहीबार ३ अर्ब ७२ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा शुक्रबार ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार रुपैयाँबराबरको ९७ लाख ५४ हजार कित्ता सेयर कारोबार भएको छ ।

शुक्रबार माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । हालै कारोबारमा आएका यी दुबै कम्पनीको सेयर मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ । शुक्रबार सुपर खुदी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १२.८३ प्रतिशत घटेको छ ।

शुक्रबार एग्रीकल्चरल बण्ड (९ वर्षे) को सबैभन्दा बढी कारोबार भएको छ । एग्रीकल्चरल बण्ड ७० करोड ८७ लाख ९९ हजार रुपैयाँबराबरको किनबेच भएको छ । एग्रीकल्चरल बण्डलाई पछ्याएको खानी खोला हाइड्रोपावर कम्पनीको १७ करोड ९८ लाख रुपैयाँको सेयर खरिद विक्री भएको छ ।