नेपाल लाइफको नाफा १५ प्रतिशत घट्यो, जीवन बीमा कोष पौने ३ खर्ब नजिक
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४६ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा १५.०२ प्रतिशतले घटेको छ ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा १२ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा १ अर्ब ४९ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब २५ करोड ७८ लाख रुपैयाँ र अन्य इक्विटीमा २२ करोड ३६ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.०४ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले ५४ अर्ब ३ करोड ४२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.१० प्रतिशतले बढेको छ ।
कम्पनीले गत आर्थिक वर्षमा ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ ।
शेयरपुँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४.९१ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.०७ रुपैयाँ थियो । पीई रेसियो १५२.०७ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।
