व्यापारसँगै बढ्यो सूर्यज्योति लाइफको नाफा, जीवन बीमा कोष ५१ अर्ब नाघ्यो
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा सूर्यज्योति लाइफले ३८ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१.८२ मा कम्पनीले ३५ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ८.५५ प्रतिशतले बढेको हो ।
समीक्षा वर्षमा कम्पनीको महाविपत्ति कोषमा ४५ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६० करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा ६ करोड ९३ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष महाविपत्ति कोषमा ४२ करोड रुपैयाँ, रिटेन्ड अर्निङमा ९२ करोड ३६ लाख रुपैयाँ र अन्य इक्विटीमा ३१ करोड ८४ लाख रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीको जीवन बीमा कोषमा ५१ अर्ब ५५ करोड ८९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष जीवन बीमा कोषमा ४१ अर्ब ६० करोड ५० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको जीवन बीमा कोषको आकार २३.९२ प्रतिशतले बढेको छ ।
समीक्षा वर्षमा कम्पनीले १३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब ३५ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १५.९४ प्रतिशतले बढेको छ ।
कम्पनीले समीक्षा वर्षमा १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ११ अर्ब १८ करोड ५२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५.७३ प्रतिशतले बढेको छ ।
सेयरपुँजी ५ अर्ब १ करोड १९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७।५९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.९९ रुपैयाँ थियो। पीई रेसियो ५४.४४ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.६८ रुपैयाँ रहेको छ ।
