दुई नयाँ म्युचुअल फण्ड नेप्सेमा सूचीकृत, बिहीबारदेखि दोस्रो बजारमा कारोबार हुने
नेप्सेमा बुधबार एलएस होराइजन १२ र सानिमा इक्विटी फण्ड-२ को इकाइ सूचीकृत भएका हुन् ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का इकाई सूचीकृत भएका छन् । ने एलएस होराइजन १२ को १५ करोड इकाइ सूचीकृत भएको छ। व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटलमार्फत एलएस होराइजन १२ ले सर्वसाधारणलाई इकाइ निष्कासन गरेको थियो ।
यस्तै, सानिमा इक्विटी फण्ड(२ को १२ करोड ५० लाख इकाइ सूचीकृत भएको छ । फण्डले व्यवस्थापक सानिमा क्यापिटलमार्फत सर्वसाधारणमा इकाइ बिक्री गरेको थियो । दुवै योजनाको बिहीबारदेखि दोस्रो बजारमार्फत इकाइ खरिदबिक्री गर्न सकिनेछ ।
