सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा र लाभांश क्षमता बढ्यो, अधिकांस व्यावसायिक सूचकहरुमा सुधार

कले खुद नाफासँगै प्रति शेयर आम्दानी र वितरणयोग्य नाफा मात्रै बढाएको छैन व्यावसायिक आकार पनि ह्वात्तै बढाएको छ । साथै यसअवधिमा निस्क्रिय कर्जा पनि बढेको छ ।

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ८८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको ६० करोड ६६ लाख रुपैयाँको तुलनामा ४६.६९ प्रतिशतको बढी हो । बैंकका व्यावसायिक तथा वित्तीय सूचकहरूमा उल्लेख्य बृद्धि गरेको छ । बैंकले खुद नाफासँगै प्रति शेयर आम्दानी र वितरणयोग्य नाफा मात्रै बढाएको छैन व्यावसायिक आकार पनि ह्वात्तै बढाएको छ । साथै यसअवधिमा निस्क्रिय कर्जा पनि बढेको छ । 

बैंकको ब्याज आम्दानी बृद्धिसँगै प्रोभिजनिङरइम्पेयरमेन्ट चार्ज घटेका कारण नाफामा सकारात्मक प्रभाव परेकोहो । अघिल्लो वर्ष ३४ करोड ५४ लाख रुपैयाँ प्रोभिजनिङरइम्पेयरमेन्ट चार्ज छुट्टयाएको सांग्रिलालो गत वर्ष भने ९ करोड १३ लाख रुपैयाँमा झारेको छ। प्रोभिजनिङरइम्पेयरमेन्ट चार्ज घट्नुले बैंकको खराब कर्जा व्यवस्थापन र असुलीमा सुधार आएको देखाउँछ । त्यसैगरि बैंकले अघिल्लो वर्ष २ अर्ब ४२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १६.८३ प्रतिशतले बढाउँदै २ अर्ब ७ करोड रुपैयाँ गरेको छ । 

अपरिस्कृत वित्तीय विवरणअनुसार सांग्रिलाको गत वर्षको नाफाबाट लगानीकर्ताहरूलाई ४९ करोड २३ लाख रुपैयाँ वितरण गर्न मिल्ने देखिएको छ । गत वर्ष यस्तो क्षमता ३६ करोड ८३ लाख रुपैयाँ मात्र थियो । बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड रुपैयाँका आधारमा सेयरधनीहरूलाई १३.१९ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता देखिन्छ। अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकको वितरणयोग्य लाभांस क्षमता प्रतिसेयर १० रुपैयाँ ३६ पैसा थियो ।

बैंकले अघिल्लो वर्षमा ५४ अर्ब ८६ करोड रुपैयाँ रहेको निक्षेप बढेर गत असारमा बढेर ५६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा पनि अघिल्लो वर्षको ४२ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ४५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा बैंकको निस्क्रिय कर्जा अघिल्लो वर्षको ५.५२ प्रतिशतको तुलनामा बढेर ६.८७ प्रतिशत पुगेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यसअवधिमा ‘कस्ट अफ फन्ड्स’ अघिल्लो वर्षको ५.०१ प्रतिशतबाट घटेर ३.५४ प्रतिशतमा झरेको छ । समग्रमा वित्तीय बजारमा घटेको ब्याजदरको असर संाग्रिलामा पनि परेको छ । यसैगरि ब्याजको आधार दर पनि ७.०८ प्रतिशतबाट घटेर ५.५७ प्रतिशतमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप-कर्जा अनुपात (सिडी रेसियो) ८३.३७ प्रतिशत छ ।