सुनचाँदीको मूल्यमा भारि वृद्धि, कतिमा भईरहेको कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ५ हजार ४ सयले बढेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ५ हजार ४ सयले बढेर २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर ४ हजार ४ सय ८०मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार ३७० मा कारोबार भएको थियो ।