लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन गर्ने
विक्री गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ३ अर्ब रूपैयाँको ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । विक्री गर्न लागिएको ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रूपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रूपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।
सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा साउन १९ गते र ढिलोमा साउन २८ गते हुने बैंकले जनाएको छ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा माछापुच्छ्रे क्यापिटल छ ।
