माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा अर्याल र डीसीईओमा जमरकट्टेल

विज्ञापन
ncell

काठमाडौं । माछापुच्छ्रे बैंकले प्रसिद्ध राज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ) र सुभाष जमरकटेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) मा बढुवा गरेको छ ।

साउन ४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल डेपुटी सीईओ रहेका अर्याललाई सिनियर डेपुटी सीईओ र नायब महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका जमरकटेललाई डेपुटी सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

व्यापार प्रशासन विषयमा काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर अर्यालसँग बैंकिङ क्षेत्रमा करिब दुई दशकको अनुभव छ । अर्यालले कर्जा व्यवस्थापन, ट्रेजरी, करेसपोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायत विभिन्न क्षेत्रमा काम गरिसकेका छन् । माछापुच्छ्रे आउनुअघि अर्यालले सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् ।

जमरकटेल भने चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट सीए उपाधि हासिल गरेका जमरकटेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) बाट बैंकिङ तथा फाइनान्स विषयमा प्रोफेसनल मास्टर्स डिग्री प्राप्त गरेका छन् ।