राष्ट्र बैंकद्वारा ९१ दिने निक्षेप संकलन उपकरणमार्फत १ खर्ब उठाइँदै
सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न १ खर्ब बराबरको निक्षेप संकललन गर्ने भएको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज बुधार एक सूचना जारी गर्दै ९१ दिनको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न बोलकबोल आह्वान गरेको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत हुनेछ । सूचनाअनुसार निक्षेप संकलन उपकरण आजै निष्काशन गरिनेछ भने यसको साँवा तथा ब्याज आगामी असोज २८ गते भुक्तानी गरिने । ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। बोलकबोलमा न्यूनतम १० करोड रूपैयाँ र अधिकतम पाँच करोड रूपैयाँ दरले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने छ ।
ऋणपत्रकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ। बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ ।