करार कर्मचारी हटाउने तयारीविरुद्ध आन्दोलन, अर्थ मन्त्रालयको गेटमै बसे धर्ना
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै सबै मन्त्रालयका करार कर्मचारीहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन् ।
काठमाडौं । करार कर्मचारी हटाउने तयारी भईरहेका बेला करारका कर्मचारीहरु भने आन्दोलनमा उत्रिएका छन् । सरकारी नीतिको विरोधमा अर्थ मन्त्रालयको गेटमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार धर्ना सुरु गरेका हुन् ।
सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने तयारी गरेको भन्दै सबै मन्त्रालयका करार कर्मचारीहरू सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन् ।
लामो समयदेखि करार सेवामा कार्यरत हजारौं कर्मचारीको रोजगारी असुरक्षित हुने भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन् । आन्दोलनरत कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्नुपर्ने माग अघि सारेका छन् ।