मौद्रिक नीतिपछि पनि बजारमा उत्साह छैन, नेप्से २५ सय विन्दुमा झर्‍यो

विज्ञापन
ncell

१२ बजेसम्म नेप्से ११.८९ अंक घटेर २५८८.८९ विन्दुमा झरेको छ ।

काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार १२ बजेसम्म नेप्से ११.८९ अंक घटेर २५८८.८९ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार १.१३ अंक घटेर २६००.७८ विन्दुमा बन्द भएको नेप्से आज भने २५ सय विन्दुमा आइपुगेको हो । अघिल्लो कारोबार दिनहरुमा नेप्सेमा उतरचढाव हुदा पनि नेप्से २६ सयमा पुगेर बन्द हुने गरेको थियो तर आज भने नेप्से २५ सयको विन्दुमा पुगेको हो । १२ बजे सम्ममा नेप्सेमा १ अर्ब ८७ करोड ६६ लाखको सेयर कारोबार भएको छ ।  

बालेन सरकार बनेदेखि नै घटिरेहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि लगानीकर्ताले नीतिगत सुधार र बजारमैत्री निर्णयको अपेक्षा गरेका थिए । बजेटले त्यो अपेक्षा पूरा गर्न नसकेपछि सबैको ध्यान मौद्रिक नीतिमा केन्द्रित भएको थियो । तर, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले पनि बजारले अपेक्षा गरेअनुसारका कुनै उल्लेखनीय व्यवस्था ल्याउन सकेको छैन।