तेस्रो त्रैमासको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत, ६४ खर्ब ६५ अर्बको अर्थतन्त्र

कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर कायम भएको छ ।

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहेको जनाएको छ । कार्यालयकाअनुसार विद्युत् उत्पादन तथा वितरण, निक्षेप संकलन तथा ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम कलेक्सन, व्यापार सेवा, लगायतका क्रियाकलापमा वृद्धि हुँदा तेस्रो त्रैमासको आर्थिक बृद्धिलाई सहयोग पुगेको छ ।

कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सार्वजनिक प्रशासन तथा रक्षा र औद्योगिक उत्पादन बाहेक अन्य औद्योगिक वर्गीकरणमा धनात्मक वृद्धिदर कायम भएको छ । चालू तेस्रो त्रैमासमा निर्माण सामग्रीको आयात, धान बालीको उत्पादन तथा केही वस्तुहरूको घरेलु उत्पादनमा भएको गिरावटले आर्थिक वृद्धिदर सामान्य अवस्थामा रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान पुर्‍याउने कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिँदा अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक छ । त्यसैगरी, अर्थतन्त्रमा दोस्रो बढी हिस्सा रहेको थोक तथा खुद्रा व्यापार २.०२ प्रतिशतले बढेको छ । चालू तेस्रो त्रैमासिक (माघ, फागुन र चैत) र अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा १८ वटा औद्योगिक वर्गीकरण मध्ये १६ वटाको कुल मूल्य अभिवृद्धि दर धनात्मक छ भने दुई वटामा ऋणात्मक छ । विद्युत तथा ग्यास सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर २४.८८ प्रतिशत हुँदा वित्तीय तथा बीमासम्बन्धी क्रियाकलापको १०.२७ प्रतिशत बृद्धिदर देिखिएको छ । यातायात तथा भण्डारणको बृद्धिदर ७.८३ प्रतिशत हुँदा थोक तथा खुद्रा व्यापारको बृद्धिदर ५.२५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । 

धनात्मक वृद्धिदर हुने १६ वटा औद्योगिक वर्गीकरणमध्ये सबैभन्दा धेरै वृद्धिदर विद्युत तथा ग्यासको ६.८७ प्रतिशत छ । त्यससपछि बढी बृद्धिदर भएको क्षेत्रमा खानी तथा उत्खनन्को २.२३ प्रतिशत र थोक तथा खुद्रा व्यापारको .।०२ प्रतिशत छ । विवरणअनुसार आवास तथा भोजन २.३ प्रतिशत, बैंक तथा बीमा १.०७ प्रतिशत र औद्योगिक उत्पादन ०.८३ प्रतिशत ऋणात्मक वृद्धि भएको छ । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अर्थतन्त्रको आकार ६४ खर्ब २७ अर्ब रहेकोमा तेस्रो त्रैमासमा ६४ खर्ब ६५ अर्ब पुगेको अनुमान छ ।