सातामै प्रतितोला ११ हजार ६०० रुपैयाँले बढ्यो सुन, मूल्य बढ्ने प्रबृत्ति किन देखिईरहेको छ ?

पछिल्ला दिनहरुमा सुनको मूल्य घट्ने भन्दा बढ्ने प्रबृत्ति बलियो बन्दै गएको छ । अन्तराष्ट्रिय मुलुकहरुमा हुन सक्ने सम्भावित युद्धलगायतका कारणले सुनको मूल्य बढ्ने क्रममा रहेको बताइएको छ ।

काठमाडौं । यो साता सुनका लगानीकर्ताहरुले महंगो मूल्य चुकाउनु परेको छ । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्य ११ हजार ६ सय रूपैयाँले बृद्धि भएको छ ।

असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ रहेकोमा असार १९ गते शुक्रबार आईपुग्दा मूल्य बढेर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार असार १४ गते आइतबार ४ हजार ७०० रुपैयाँले बढेको सुन असार १५ गते सोमबार १ हजार ४०० रुपैयाँले घट्यो । असार १६ गते मंगलबार ४ हजार ५०० रुपैयाँ र असार १७ गते बुधबार ७०० रुपैयाँले घटेको ससुन असार १८ गते बिहीबार ६ हजार २०० रुपैयाँ र असार १९ गते शुक्रबार ७ हजार २०० रुपैयाँ बढेर प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ ।

पछिल्ला दिनहरुमा सुनको मूल्य घट्ने भन्दा बढ्ने प्रबृत्ति बलियो बन्दै गएको छ । अन्तराष्ट्रिय मुलुकहरुमा हुन सक्ने सम्भावित युद्धलगायतका कारणले सुनको मूल्य बढ्ने क्रममा रहेको बताइएको छ ।