सुन तोलामा ६ सय घट्दा चाँदी १५ रुपैयाँ सस्तियो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ६ सयले घटेर २ लाख ७७ हजार ३ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलाको ६ सयले घटेर २ लाख ७७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ७७ हजार ९ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेर ४ हजार २७० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४ हजार २७० मा कारोबार भएको थियो ।