विद्युत् नियमन आयोगको अध्यक्षमा १० जना र सदस्यका लागि २२ जनाको आवेदन

विज्ञापन
ncell

आवेदन दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् ।

काठमाडौँ । विद्युत् नियमन आयोगको अध्यक्ष पदका लागि १० जना तथा सदस्य पदका लागि २२ जनाले आवेदन दिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य छन् ।

सिफारिस समितिले आयोगका अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो यसका लागि १५ दिनको समयसीमा राखेर सार्वजनिक सूचना जारी गरेको थियो । समितिले प्राप्त आवेदनमाथि अध्ययन गरी छनोट प्रक्रिया अघि बढाउनेछ।

सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन छ । यसअघि आयोगका अध्यक्षमा रामप्रसाद धितालसहित सदस्यहरूमा मधुसुधन अधिकारी, झमकप्रसाद शर्मा, गौतम डंगोल र भागिरथी भट्टराई ज्ञवाली थिए । 

अध्यक्ष पदका लागि १० जनाले दरखास्त दिएका छन् । आवेदन दिनेहरूमा ई. रुद्रप्रसाद गौतम, केशव अधिकारी, डा. रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, मधुप्रसाद भेटवाल, मोतीबहादुर कुँवर, डा. मधुसुधन अधिकारी, डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदी रहेका छन् ।

यस्तै, आयोगको सदस्य पदका लागि ११ जनाले आवेदन दिएका छन् । सदस्य पदका आकांक्षीहरूमा डा. शेखर अर्याल, राजिवकुमार सिंह, निरज्वल बस्नेत, रुद्रप्रसाद सिटौला, जयराज भण्डारी, ब्रजमोहन झा, सुरेशबहादुर भट्टराई, प्रकाश ज्ञवाली, लोकराज पाठक, रामप्रसाद गौतम र झमकप्रसाद शर्मा रहेका छन् ।

सम्बन्धित निकायले अध्यक्ष र सदस्य पदका लागि प्राप्त आवेदनमाथि आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । अध्यक्ष पदमा १० जना र सदस्य पदमा ११ जनाको आवेदन परेको छ ।