नेपालमा २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु, मूल्य ५३ लाख ९९ हजार रुपैयाँ

नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित ईभी बनाएको छ ।

काठमाडौं । नेपालका लागि डिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट ईभीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले २०२६ दिपल एस०५ प्लसको बिक्री सुरु गरेको छ । स्मार्ट र लक्जरी इलेक्ट्रिक एसयूभी एस०५ प्लस उन्नत प्रविधि र फाइभ स्टार रेटेड सुरक्षाबाट सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

नयाँ एस०५ प्लसमा रियर ह्विल ड्राइभ रहेको छ जसले यसलाई सेग्मेन्टमै सबैभन्दा पर्फर्मेन्सकेन्द्रित ईभी बनाएको छ । यसमा ९९ किलोवाटको मोटर छ जसले ३२० एनएमको टर्क उत्पन्न गर्छ र ४०५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । साथै यसले १५१.५ किलोवाट डीसी फास्ट चार्जिङसम्म सपोर्ट गर्छ जसले १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज दिन्छ जुन यो सेग्मेन्टकै सबैभन्दा छिटो हो । साथै यसले ६ किलोवाटको भेइकल टु लोड (भिटुएल) सपोर्ट गर्छ जसका माध्यमबाट गाडीबाटै बाह्य उपकरणहरुलाई विद्युत आपुर्ति प्रदान गर्छ ।

१५.४ इन्चको फुल एचडी टचस्क्रिन, ८ वटा सोनी स्पिकर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो तथा ६४ कलरको एम्बियन्ट लाइटिङले गाडीको इन्टेरियरलाई प्रिमियम बनाएको छ ।

२०२६ मा उत्पादित डिपल एस०५ प्लसले ५ स्टार युरो एनक्याप रेटिङ पाएको छ । नेपाली बजारमा यो एसयुभी ५३ लाख ९९ हजार रुपैयाँमा बुकिङ र खरिदका लागि उपलब्ध भएको कम्पनीले जानकारी दिएको छ ।