अब २४ घण्टामै लाइसेन्स छपाइ सरकारको नयाँ व्यवस्था लागू

विज्ञापन
ncell

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई छरितो र प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले १० बुँदे सुधारात्मक कार्ययोजना स्वीकृत गरेको छ ।

काठमाडौँ । नेपाल सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलासुस्ती अन्त्य गर्न नयाँ तथा प्रभावकारी व्यवस्था लागु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई छरितो र प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यले १० बुँदे सुधारात्मक कार्ययोजना स्वीकृत गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार यातायात व्यवस्था विभागबाट डाटा प्राप्त हुनासाथ सुरक्षण मुद्रण केन्द्रले २४ घण्टाभित्र कार्ड छपाइ गरी विभागलाई उपलब्ध गराउनेछ । यो व्यवस्था भए अब नयाँ आवेदकहरूले लाइसेन्स कार्डका लागि लामो समय कुर्नुपर्दैन र झन्झटबाट मुक्ति पाउनेछन् ।  यसका साथै हाल बाँकी रहेको करिब २९ लाख थान लाइसेन्स आगामी २०८३ असार मसान्तभित्रै छापेर सक्ने लक्ष्य लिइएको छ ।