नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको बधाइ, नयाँ सरकासँग मिलेर काम गर्न अडिग छौंः प्रधानमन्त्री मोदी

यो ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो । घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक आममनिर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाई दिएका छन् । साथै मोदीले नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता पनि दोहोर्याएका छन् ।

आफ्नो सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मोदीले निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपालका जनता र सरकारलाई बधाइ भनेका छन् । सम्पन्न निर्वाचनलाई लोकतान्त्रिक यात्रामा गर्वको क्षणका रुपमा लिएको भन्दै मोदीले छिमेकीको रुपमा भारत नेपालको सदैव समृद्धिको उचाइमा इँटा बन्ने बताए ।

मोदीले लेखेका छन्, ‘यो ऐतिहासिक कोशेढुङ्गा नेपालको लोकतान्त्रिक यात्रामा गर्वको क्षण हो । घनिष्ठ मित्र र छिमेकीको रूपमा, भारत साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न नेपालका जनता र उनीहरूको नयाँ सरकारसँग नजिकबाट काम गर्ने आफ्नो प्रतिबद्धतामा अडिग छ ।’