ढुक्क र निश्चिन्त हुनुस्, चुनाव एकैदिन फागुन २१ गते नै हुन्छ : प्रधानमन्त्री कार्की
ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनेछौं । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छिन् ।
बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन सबैमा आग्रह गरिन् ।
निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री कार्कीले सबै मतदाताले करिव दुई दर्जन हिमाली जिल्लामा चिसोका कारण निर्वाचन हुन नसक्ने दलहरू र प्रधानमन्त्री स्वयंको धारणाबीच सरकारले एकै चरणमा सबै ७७ जिल्लामा निर्वाचन गर्ने निष्कर्ष निकालेको हो । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच करिब २ घण्टा लामो वार्ता समेत भएको थियो । ओलीसँगको वार्ता लगत्तै जनक शिक्षा सामग्री केन्द्र पुगेकी प्रधानमन्त्री कार्कीले भनिन्, ‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ । मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनेछौं । निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छौँ र आफ्नो घर जान्छौँ ।’
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै प्रधानमन्त्री कार्कीले धन्यावाद समेत व्यक्त गरिन् ।