तेस्रो दिन फर्कियो सेयर बजार, नेप्से फेरी २७०० माथि चढ्दा साढे ११ अर्बको कारोबार

बिहिबार नेप्से परिसूचक २७.१९ अंक बढेर २७०८.७० को विन्दुमा पुगेको हो । आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो ।

काठमाडौं । दुई दिन देखि लगातार घटिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने बढेको छ। बिहिबार नेप्से परिसूचक २७.१९ अंक बढेर २७०८.७० को विन्दुमा पुगेको हो। 

आज ३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको हो । 

बिहिबार २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५५ कम्पनीको घटेको छ । ४ कम्पनी सेयर मूल्य स्थिर रहेको हो ।

आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्नेमा कालिन्चोक दर्शन , सुपर माई हाइड्रोपावर, मोदी इनर्जी, रिद्धि पावर कम्पनी र खानिखोला हाइड्रोपावर रहेका छन् । कारोबारमा आएको सुपर मादी हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड ७७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ।

 सेयर बजारमा उतर चढाव कायमै

पछिल्लो १२ दिनको सेयर बजार हेर्ने हो भने निकै उतार–चढाव भइरहेको देखिन्छ । १२ कारोबार दिनमा ७ दिन बजार घटेको थियो भने ५ दिन भने बजारमा हारियाली छाएको थियो । सेयर बजार घटेका ७, १२, १३ र १५ गते भने नेप्से २७०० माथिको बिन्दुमा पुगेको थियो । यस अबधिमा सबैभन्दा धेरै सेयर किनबेच १२ गते भएको हो । जसमा १६ अर्ब माथि कारोबार भएको थियो ।