निर्वाचन आयोगद्धारा उम्मेद्वारका लागि बैंक खाता प्रयोग कार्यविधि जारी, यस्ता छन् व्यवस्था (कार्यविधिसहित)

राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने छ ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न र त्यसको प्रयोग गर्ने विधिसहित कार्यविधि जारी गरेको छ । आयोगको मंगलबारको बैठकबाट स्वीकृत भई सार्वजनिक भएको कार्यविधि अनुसार हरेक उम्मेद्वारले बैंक खाता खोली निर्वाचन प्रचारप्रसारका आम्दानी र खर्च त्यसैमार्फत गर्नुपर्ने छ ।

राजनीतिक दल तथा उम्मेदवारलाई आमनिर्वाचनको सिलसिलामा गरिने प्रचारप्रसार खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गराउन निर्वाचन आयोग ऐन, २०७३ को दफा ५० बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचार प्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ जारी गरिएको अयोगले जनाएको छ । राजनीतिक दल र उम्मेदवारले निर्वाचन प्रचारप्रसारका लागि आर्थिक सहयोग लिइ गर्ने आम्दानी र खर्च कारोबार बैंक खातामार्फत नै गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ ।

यस्तो खाता खोल्न राजनीतिक दलको हकमा निर्वाचन आयोगको सचिवालयबाट र उम्मेदवारको हकमा सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयबाट सिफारिस हुनेगरी तोकिएको छ । यसैअनुसार मातहत निर्वाचन कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट कार्यसम्पादन गर्न भनिएको छ ।

यस्तो छ कार्यविधि

प्रकाशन भएका दस्तावेजहरू

6983508a39810_1770213514.pdf