डस्टबिनबाट सुन निकालेर बाहिर लग्दै गरेको आरोपमा विमानस्थलका सरसफाइ कर्मचारी पक्राउ
विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको आरोपमा विमानस्थल प्रहरीले सुनगाभा सगरमाथा सर्भिस कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत पक्राउ परेका हुन् ।
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरसफाइको काम गर्ने एक कर्मचारी सुन बाहिर लैजान खोजेको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनगाभा सगरमाथा सर्भिस कम्पनीमार्फत विमानस्थल सरसफाइमा खटिने ४० वर्षीय डिकबहादुर राउत छन् । विमानस्थलमा रहेको डस्टबिनको फोहरबाट सुन निकालेर बाहिर लैजान लागेको आरोपमा विमानस्थल प्रहरीले राउतलाई पक्राउ गरेको हो ।
फोहरको पोकोलाई स्क्रिनिङ गर्दा ४.४ ग्रामको सुन फेला परेको बिमानस्थल प्रहरीले जानकारी दिएको छ ।