चुनीखेल आगलागीः ७ जनाको उद्धार, ३ घण्टापछि नियन्त्रणमा

सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो । बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको थियो ।

बुढानीलकण्ठ नगरपालिका-३ चुनीखेलमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । राति ११ बजे सुरु भएको आगलागी सुरक्षाकर्मीले ३ घण्टा लगाएर नियन्त्रणमा लिएको हो ।

सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो । बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको थियो । प्रहरीका अनुसार आगलागी भएको ठाउँबाट ७ जनाको उद्धार भएको छ । मानवीय क्षति भएको छैन ।

आगलागीको कारण खुलेको छैन । तर, विद्युत सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीको क्षतिको विवरण भने आइसकेको छैन ।