सुनचाँदीको मूल्य घट्ने क्रम जारी, सुन १३ हजार ४०० ले घट्दा चाँदीमा ३०० को गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले घटेर ५ हजार २ सयमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको १३ हजार ४ सयले घटेर २ लाख ८६ हजार ६०० सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको ३ लाखमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३०० रुपैयाँले घटेर ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५ हजार ५ सयमा कारोबार भएको थियो ।

नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको आधारमा निर्धारण हुने गर्दछ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६ सय ९१ दशमलव १९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ७९ दशमलव १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।