नेपाल भित्र्याउने तयारीको २५ लाख नक्कली नोटसहित १० जना पक्राउ
छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, नोट छाप्ने हाइटेक मेसिन, नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको छ । साथै सो घटनामा संलग्न ३ जना नेपाली नागरिकसहित १० जना अभियुक्तलाई पक्राउ गरिएको छ ।
काठमाडौँ । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रक्सौल आसपासमा नक्कली नोटको कारोबारमा संलग्न एक अन्तर्राष्ट्रिय गिरोह समातिएको छ । नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोहलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।
नेपालमा फागुन २१ गते आमनिर्वान घोषणाा गरिएको छ । त्यसैको पुर्वसन्ध्यामा आमनिर्वाचन लक्षित गरेर ठूलो मात्रा नेपाली र भारतीय नक्कली मुद्रासहित १० जनालाई पक्राउ गरिएको हो । भारतको पूर्वी चम्पारण प्रहरी र एसटिएफको संयुक्त टोलीले भारतको सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित नक्कली नोट छाप्ने अत्याधुनिक कारखानासमेत फेला परेको त्यसलाई ध्वस्त बनाइएको जनाइएको छ ।
छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८ हजार ५ सय नक्कली भारतीय रुपैयाँ, नोट छाप्ने हाइटेक मेसिन, नोट छाप्न प्रयोग हुने कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको भारतीय प्रहरीले जानकारी दिएको छ । सो घटनामा संलग्न ३ जना नेपाली नागरिकसहित १० जना अभियुक्तलाई पक्राउ गरिएको छ ।
गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने तयारी गरेको थियो । छापामारीक्रममा तीन वटा मोटरसाइकल र एउटा कारसमेत बरामद गरिएको छ । सुरक्ष निकायले गिरोहका अन्य सदस्य र यसका मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी गरिरहेको बताइएको छ ।
प्रहरीले नक्कली नोट कारोबार राष्ट्रिय सुरक्ष र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएकाले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि नछोडिने स्पष्ट पारेको छ ।