हाथवे इन्भेष्टमेन्टको मूल्य समायोजन, आइतबार कतिमा हुन्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले हाथवे इन्भेष्टमेन्ट कम्पनीको मूल्य समायोजन गरेको छ । हाथवेको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको हो ।

समायोजनपश्चात हाथवेको सेयरमूल्य १ हजार १ सय २४ रुपैयाँ १० पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा हाथवेको मूल्य समायोजन गरेको हो । 

बिहीबार दोस्रो बजारमा हाथवेको अन्तिम सेयर मूल्य प्रतिकित्ता १ हजार २ सय ५८ रुपैयाँ ९९ पैसा थियो । समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा हाथवेको सेयर कारोबार खुल्नेछ ।