कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा, प्रदेश स्थापना दिवस मनाईंदै

२०८१ चैत १७ गतेको प्रदेश सरकार मन्त्रिपरिषद्ले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा आज प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

२०८१ चैत १७ गतेको प्रदेश सरकार मन्त्रिपरिषद्ले भदौ ४ गते प्रदेश स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । 

दिवसको अवसरमा प्रदेश सरकारले आज बुधबार र भोली बिहीबारसम्म प्रभातफेरि कार्यक्रमका साथै अन्य कार्यक्रमहरु गरेर प्रदेश स्थापना तथा शहीद दिवस उत्सव मनाउने कार्यक्रम छ ।