मकवानपुरको चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु

मृत्यू हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । दुर्घटनामा ५ जना घाइते मध्ये ३ पुरुष र २ बालक छन् ।

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । मृत्यू हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन्। मकवान प्रहरीका अनुसार दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइते हुनेमा ३ पुरुष र २ बालक छन्।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।